तीन प्रदेश प्रमुखलाई पदमुक्त: भण्डारी, मिया र भट्टलाई सिफारिस

सरकारले गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।   मन्त्रिपरिषद्‍ आज बसेको बैठकले ती प्रदेशका प्रमुखलाई पदमुक्त गरी रिक्त हुने पदमा नियुक्तिका लागि नामसमेत राष्ट्रिपतिसमक्ष सिफारिस  गरेकाे छ । साे जानकारी सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनु भएकाे छ ।

प्रवक्ता शर्माका अनुसार मधेश प्रदेशका लागि सुमित्रा भण्डारी,सुदुरपश्चिमका लागि नजिर मिया र गण्डकी प्रदेशका लागि डिल्लीराज भट्टलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको छ।