सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच आज चार बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएको हो। आज रातिको सहमतिसँगै समितिले आह्वान गरेको आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौँ आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।