महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकाे स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) ले क्याम्पसमा रहेका विभिन्न शैक्षिक तथा हकहितका मागलाई संबाेधन नगरेको भन्दै स्ववियुका माग संबाेधनका लागि स्ववियु काउन्सिल नेपाललेले ऐक्यबद्धता जनाएको छ ।
काउन्सिलका केन्द्रीय अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय सिनेट सभा सदस्य विराज अर्याल र काउन्सिलका केन्द्रीय सचिव सन्देश धमलाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै स्ववियु महेन्द्र बहुमखी क्याम्पसका माग तत्काल संबाेधन गर्न भनिएकाे छ । विज्ञप्तिमा चैत १७ महेन्द्र बहुमुखी क्याम्पस स्ववियुले विद्यार्थी हकहित र अधिकारका निम्ति १५ बुँदे मागलाई हालसम्म संबाेधन नगरेकोले क्याम्पस प्रमुखले गम्भीर लापरबाही गरेको बताएको छ । स्ववियुले राखेका मागहरूलाई यथासिर्घ समाधानका लागि ध्यानाकर्षण समेत गरिएको छ ।
स्ववियु महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस भित्रका शैक्षिक र प्रशासनिक समस्या समाधान गर्न गरिएका माग संबाेधन नभएपछि दाेस्राे चरणकाे आन्दोलन स्वरूप क्याम्पस प्रमुखलाई प्रवेश निषेध गर्दै कुर्सी कार्यकक्षबाट निकालेर रूखमा झुण्डाएकाे स्ववियु अध्यक्ष माधव खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार अझै क्याम्पस प्रमुख विद्यार्थीका सवालमा गम्भीर हुनु हुन्न यसकाे परिणाम स्ववियुले उठाउदै अाएका शैक्षिक मागका बारेमा आलटाल गर्दै जाने हाे भने थप आन्दोलन गर्न बाध्य हुने बताउनु भयो । अध्यक्ष खत्रीका अनुसार यदि क्याम्पस प्रमुखले स्ववियुका मागलाई संबाेधन गर्न व्यवास्था गरे हाम्रो अभियान तथा आन्दोलनबाट हुने सबै क्षतिकाे भरणपोषण स्वयं क्याम्पस प्रमुखले गर्नुपर्ने बताउनु हुन्छ । कति दिन विद्यार्थीका सवालबाट भाग्नु हुन्छ, हामी पनि गम्भीर रूपमा समिक्षा गरिरहेका छाै । अध्यक्ष खत्रीले क्याम्पसका समस्या समाधन गर्नु भन्दा शक्ति केन्द्र धाउने र स्ववियुलाइ कमजाेर सावित गर्ने चेष्टा नगर्दा हुन्छ ।
क्याम्पसमा शैक्षिक सुधारका माग र विद्यार्थीका हक अधिकारकाे प्रतिनिधित्व र अगुवाइ गर्नु स्ववियुकाे न्युनतम जिम्मेवारी हाे हामी यस कार्यमा निरन्तर लागि रहने छाै भन्नु हुन्छ अध्यक्ष खत्री । उहाँले आजदेशमा रहेका शैक्षिक प्रतिष्ठानहरु मुख्यव्यक्तिकाे स्वइच्छाचारी हुने, गुणस्तरीय हैन न्यूनतम पनि शैक्षिक सवाल पुरा नगर्ने, परम्परागत हाकीमी मानसिकताका प्रशासक हुनु, शैक्षिक क्यालेण्डर कार्यान्वयन नहुनु जस्ता समस्याले गर्दा विद्यार्थी विदेश पलायनको समस्याकाे कारण पनि यस्तै अकर्मण्यताकाे परिणाम हाे भन्नुभयो ।