जानकी-३ मा ५३ जनाले रक्तदान

बाँकेको जानकी गाउँपालिका वडा वडा नं.३काे आर्थिक सहयोगमा, समृद्धि फाउन्डेसन नेपालगन्जकाे आयोजना र नेपाल स्वयसेवी रक्तदाता समाजको समन्वयमा आज भएको रक्दान कार्यक्रम ५३ जनाले रक्तदान गर्नु भएको थियो ।
वडाबासीकाे सहयोगका लागि र रक्दान जीवनदान हुने भएकोले साे कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष राजकुमार वर्माले बताउनु भयो । उहाँका अनुसार दुर्घटना, अप्रेसन जस्ता तत्काल सेवा दिनुपर्ने अवस्थाका विरामीका लागि आपत्कालिन समयमा रगतको आवश्यकता पर्ने र साे समयमा रक्तदाता खाेज्न पनि समस्या हुने भएकोले रक्दानका लागि जनचेतना सहित रक्दान पनि संकलन गर्न कार्यक्रम गरिएको बताउनुभयो ।
आयाेजक संस्थाका अध्यक्ष महेश चाैधरीका अनुसार रक्तदानका लागि नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रकाे सहयोगमा रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । वडाबासी उत्साहित भएर कार्यक्रम सहभागी भएको बताउनु भयो । रक्दान कार्यक्रमका लागि रक्तदातालाई केन्द्र सम्म ल्याउने र यसको महत्त्व तथा आवश्यकताका बारेमा जनपरिचालन सहयोग गरेको नेकपा (एमाले) वडा कमिटीका अध्यक्ष आब्बाद सिद्दिकीले जानकारी दिनु भयो ।
रक्तदानका लागि विभिन्न राजनीति दलमा आस्था राख्ने युवाको सहभागीता रहेको थियोे । रक्तदान कार्यक्रम वडा कार्यालय सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *