लायन्स क्लब नेपालगन्ज जीवन र बाँके डेन्टल क्लिनिकको सहकार्यमा युद्ध संस्कृत माध्यमिक विद्यालयमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा १० चारबाहिनी रोडमा रहेको युद्ध संस्कृत माध्यमिक विद्यालयमा सामाजिक सेवा स्वरूप डेन्टल स्क्रीनिङ्ग प्रोग्राम ( दाँत परिक्षण ) कार्यक्रम गरिएको क्लबका अध्यक्ष जीवन शर्माले जानकारी दिनु भयो । अध्यक्ष शर्माका अनुसार विशेषज्ञ डाक्टर सहितको टाेलीले १ सय ५० जनाको परिक्षण गरिएको बताउनुभयो ।
दन्त परिक्षणमा विधार्थी र शिक्षककाे दाँत परिक्षण गरिएको थियो । परिक्षणमा जनचेतनामूलक जानकारी तथा परामर्श समेत दिइएको थियो ।
दन्त परिक्षणका साथै हरेक विद्यार्थीलाई १ दन्तमन्जन र १ ब्रस पनि वितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो । स्थापनाकाे छाेटाे समयमा लायन्स क्लब नेपालगन्ज जीवनले सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।