नेपालमा प्रत्येक १० मध्ये १ जनालाइ मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने

विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

नेपालमा प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ । ४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष एक प्रतिशतका दरले ह्रास आउने बताउनुभयो । श्रेष्ठले बढ्दो उमेरसँगै देखिने मधुमेह, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताउनुभयो ।

यसैबिच बिहीबार विश्व मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

नेपालमा कुनै न कुनै रुपमा २५ लाख भन्दा बढी मिर्गौला सम्वन्धी केही न केही रोगी रहेको अनुमान छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गौला परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान/मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । मानिस ४० बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञहरुको भनाइ छ ।