एमाले लुम्बिनीले पार्टी सदस्यको परीक्षा लिदै

नेकपा (एमाले)लुम्बिनी प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको परीक्षा लिने भएको छ। चैत ५ गते हुने परीक्षामा प्रदेशभरका ८६ हजार २ सय ५० जना नेता/कार्यकर्ताहरू सहभागी हुनेछन्।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले)का सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धाण हुने र त्यसै अनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराउनु भयाे।

‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,’ अर्यालले भन्न्भयाे‘लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं।’ उहाँले पार्टीलाई सांगठिनकरूपमा बोलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिनुपर्ने समेत बताउनु भयाे।

परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने समेत उहाँले बताउनु भयाे। जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ।
अन्नपूर्णपाेष्टबाट