सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम रुप दिएको बताउनु भयो । उहाँले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताउनु भयो ।