
बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी देखि करिब ३ किलोमिटर पश्चिम बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनु भएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्र प्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालु खोलामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले शर्माको शव आइतबार बिहान फेला परेको जनाउँदै शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको बताउनुभयो ।