इलाम-२ मा एमालेबाट सुहाङसहित ६ जनाको सिफारिस

इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ ।

केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राईले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएका थिए।