दुर्लभ पाटेबाघको छालासहित नेपालगन्जबाट बुधबार बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दुर्लभ पाटेबाघको छालासहित नेपालगन्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित एक होटलबाट पक्राउ परेका हुन् ।
बराहताल गाउँपालिका–२ पाक्मा सुर्खेतका २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।