हुम्लामा जीप दुर्घटना दुई जनाकाे मृत्यु ६ घाइते

हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लाेहार र १३ वर्षीय प्रवेश ऐडी हुनु हुन्छ ।

उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनु भयो ।

उहाँका का अनुसार अदानचुलीकाे श्रीनगरबाट वडा नम्बर-५, काे बारीगाउँ जाँदै गरेकाे सु००१ ज ११८३ नम्बरको बाेलेराे जीप चार बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *