बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ३ को आर्थिक सहयोगमा समृद्धि फाउण्डेसनले आयोजना गरेको सो प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्जारेगाउँ प्रथम भएको थियो । प्रतियोगितामा कक्षा ३ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको सहभागिता रहेको थियो ।
हाजिर जवाफ प्रतियोगितमा विजयी र सहभागि विद्यार्थीलाई वडा नं. ३ का वडा अध्यक्ष राजकुमार वर्माले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । उहाँले प्रमाणपत्र वितरण गर्दै विद्यार्थी क्षमता विकास गर्नका लागि यस प्रकारका कार्यक्रम गरिएको जानकारी दिनु भयो । उहाँले विद्यार्थीलाई कक्षा कोठाका साथै समाजका विभिन्न पक्षको बारेमा पनि जानकारी गराउनु पनि पढाइ भएको बताउनु भयो ।
हाजिरी जवाफ प्रतियोगिता वडा भित्रका ६ वटा बिद्यालय र मदरसा सहभागी रहेको थियो । प्रतियोगितामा दोश्रो नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालय मानपुर, तेस्रो नेपाल राष्ट्रि प्राथमिक विद्यालय इन्द्रपुर भएको थियो । प्रतियोगितामा मदरसा दारुल उलुम मस्उदिया गरीब नवाज इन्द्रपुर नेपाल राष्ट्रिय मारीमाता प्राथमिक विद्यालय जुगुनभरिया नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कर्मोहनाको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष महेश कुमार चाैधरी जानकारी दिनु भयाे ।