आज विश्व क्षयरोग विरुद्व जानकरी गराउन विवस मनाउन लागिएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग विरुद्वकाे दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने रहेको छ ।
नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ३७ हजारभन्दा बढी बिरामी थपिएका छन् । क्षयरोग नियन्त्रण गर्न सकिने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक पर्ने केन्द्रले बताएको छ । क्षयरोग अन्त्य गर्न रोगीमाथि हुने भेदभावको अन्त्य हुनुपद्छ । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।