एमाले सुर्खेतकाे पदाधिकारीमा देवकोटा प्यानल विजयी

नेकपा (एमाले) सुर्खेत जिल्लाकाे नवाैं अधिवेशनका कुलमणी देवकोटा विजयी हुनु भएको छ । उहाँले निवर्तमान अध्यक्ष अमृतबहादुर बि.सी.लाई पराजित गर्नु भएको छ ।
अधिवेशनबाट देवकोटा समूहकै माेहनसिंह वडुवाल, सचिवमा डम्बरप्रसाद तिवारी, उपसचिवद्वय टिकाराम साेमै र सुशीला विश्वकर्मा विजयी हुनु भएको छ ।
अध्यक्षमा देवकोटाले ३५१ मत प्राप्त गर्नु भएको छ भने निवर्तमान अध्यक्ष बिसीले १३२ मत प्राप्त गर्नु भएको छ । अधिवेशनकाे उदघाटन एमाले महासचिव शंकर पाेखरेलले गर्नु भएको थियो । सर्वसम्मत नेतृत्व चयन नभए पछि निर्वाचन मार्फत जिल्ला नेतृत्व चयन भएको छ । नवनिर्वाचित उपाध्यक्ष वडुवालले निर्वाचन परिणाम फेसबुकवालमा सार्वजनिक गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।