समाजवादी मोर्चाको विचार गोष्ठी मङ्गलबार हुने

समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी आबद्ध रहेको समाजवादी मोर्चाले चैत २० गते मङ्गलबार राष्ट्रिय सभागृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो।