जिप दुर्घटनामा १२ जना घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका –४ थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ घाइते जना भएका छन् ।

पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट करिब दुई सय ५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले घाइतेलाई उद्धार गरी अस्पतालमा ल्याइएको जानकारी दिंदै थप विवरण खुल्न बाँकी रहेको चर्चा गर्नुभयो ।

अन्नपूर्ण –४ का वडाध्यक्ष आइन्दल गुरुङले सबै घाइतेलाई अस्पताल पठाइसकिएको बताउनुभयो । “पाँच जनालाई गण्डकी र बाँकीलाई मणिपाल अस्पताल पठाएका छौँ, दुई जनाको अवस्था गम्भीर देखिएको छ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *