नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-२० खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू हुनेछ।
तेस्रो खेलका लागि मैदान उत्रँदा नेपालले मध्य र तल्लो क्रमका सुधारिएको ब्याटिङ प्रदर्शन, उत्कृष्ट फिनिसिङ र डेथ ओभर बलिङमा सुधार गर्नुपर्नेछ ।
निकै नाटकीय बनेका नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचका दुवै खेलमा नेपालले अप्रत्यासित हार बेहोर्यो। मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र खराब डेथ बलिङका कारण नेपालले खेल गुमायो।