एमाले जानकी नं.३ काे अध्यक्षमा यादव निर्वाचित

नेकपा (एमाले)जानकी गाउँपालिका वडा नं. ३ काे दाेस्राे वडा अधिवेशनबाट नन्कउ यादव अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएकाे छ ।
अधिवेशनबाट उपाध्यमा सहादत अलि वेहना, सचिवमा रामसुहावान गडरीया, उपसचिवमा गिता महर र चाँदअलि बागवान निर्वाचित हुनुभएकाे छ । अधिवेशनबाट २१ सदस्यीय कमिटी गठन भएकाे गाउँकमिटी इन्चार्ज किशाेर थापाले जानकारी दिनु भयाे ।
अधिवेशनकाे उदघाटन नेकपा(एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य एकमाया विकले गर्नु भएकाे थियाे । अधिवेशनमा नेकपा(एमाले) बाँकेका उपाध्य डिल्ली बिसी, जिल्ला कमिटी सचिवालय सदस्य भिम वली, किशाेर थापा, जयराम यादव र प्रदेश कमिटीका पूर्व सदस्य पदम धिताल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भर्नु भएकाे थियाे । अधिवेशनकाे अध्यता अब्बाद सिद्धिकीले गर्नु भएकाे थियाे ।