सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदैं

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।

गत फागुन अन्तिम साता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट हटेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहनू भएको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो ।