सशस्त्र प्रहरी बल (एपीएफ) को सतुंगलस्थित स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
आज बिहान २ बजे आगो नियन्त्रणमा आएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकरी दिए ।
आगलागी नियन्त्रणका लागि ७ वटा दमकलका साथै स्काभेटर, ट्याङ्करसहित एक हजार बढी सुरक्षाफौज परिचालन गरिएको थियो ।
स्टोरमा सोमबार राति आगलागी भएको थियो । उक्त विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो ।