सहयात्री नेपालले सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गरेको छ । तालिम नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका किशोरीहरुलाई नारी बिकास केन्द्रमा महिनावारी व्यवस्थापन तथा पुन : प्रयोग गर्न मिल्ने स्वच्छ र वातावरणमैत्री सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गरियो ।
नेपालगन्जका विभिन्न वडाका किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको प्याड बनाउने तालिम दिइएको छ। सस्तो र विभिन्न डिजाइनका कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड किशोरीहरु आफैले तयार गरि त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्ने र लगाउदा सहज हुने छ । स्यानिटरी प्याड बनाउन तालिम दिइएको सहयात्री नेपालका उपाध्यक्ष अरुणा गुरुङले जानकारी दिनु भयो । स्थानीय स्तरमा खरिद गरि प्रयोग गर्न सक्ने सामग्रीले सजिलरी प्याड बनाउन सक्ने सहयात्री नेपालका सचिव अन्जना चतुर्बेदी प्रशिक्षकबाट तालिम दिइएको उपाध्यक्ष गुरुङले जानकारी दिनु भयो ।