सल्यानमा बस दुर्घटना हुँदा २२ घाइते चारको अवस्था गम्भीर

सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ । बुधबार बिहान राप्ती राजमार्गअन्तर्गत दाङ रूकुम सडकखण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलबाट बस खोलामा खसेको थियो । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित पुलबाट खसेको थियो । बस दुर्घटनमा परी घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय (गाडी धनी) विष्णु विक., रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उ.म.पा १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङ नारायणपु नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम , दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक.,तुलसीपुर उ.म.न.पा ६ का ३४ वर्र्षीय बस चालक पूर्ण शम्शेर जबरा, तुलसीपुर उ.म.न.पा ७ पर्सेनीकी ४९ वर्षीया ठगि बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम चौरजहारी नगरपालिका २की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।