जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराउनुभएको हो ।