नेपाल भ्रमणका लागि कतारका अमिर ४ बजे आउने

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदै हुनु हुन्छ । उहाँ दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउन लाग्नु हाे । अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु हुनेछ । उहाँको स्वागतको लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने कार्यक्रम तय भएको छ।

यसैबीच अमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अमिर थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *