बझाङमा मतगणना सुरु भएको छ । आइतबार दिउँसोबाट बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिकाको १ र २ वडाको मतगणना भइरहेको छ ।