इलाम-२ को मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग मतान्तर बढाएका छन्।
गणना जारी रहँदा पछिल्लो विवरणअनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन्। सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्। खड्काले ६ हजार ९४४ मत ल्याएका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाँच हजार ५९१ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४४३ मत ल्याएका छन्।
बझाङ प्रदेश सभा १ मा गणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२५ मतान्तरको अग्रता बनाएका छन्।
सिंहले नौ हजार ४६८ मत ल्याउँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले नौ हजार ३४३ मत प्राप्त गरेका छन्।
अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५८७ मत ल्याएका छन्। एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन्।
यहाँ अहिलेसम्म साढे २५ हजारभन्दा बढी मत गनिएको छ।