इलाममा एमालेकाे अग्रता : कायमै,कांग्रेस पाँच हजार ६६२ मतले पछ्याउँदै

प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६६२ पुगेको छ। पछिल्लो परिणाम अनुसार उहाँले १६ हजार २९९ मत प्राप्त गर्नुभएको छ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई १० हजार ५५७ मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८२५ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले २ हजार ६४५ मत ल्याउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *