नेकपा (एमाले) नेपालगन्ज उपमहानगर पालिका कमिटीको दोश्रो अधिबेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा मोहित शाह निर्वाचित हुनु भएको छ । यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्षमा दिग्विजय ढुङ्गाना, सचिवमा भीम कडेल, उपसचिवमा सुर्जा सुनार र रविशंकर बर्मा चयन हुनु भएको छ । अधिवेशनले ८३ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
नगर कमिटीका नवनिर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष दत्तप्रसाद आचार्यले कमिटीको माइनुट हस्तान्तरण गरि जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष शाह यसभन्दा पहिले सचिव र उपाध्यक्ष ढुङ्गाना उपसचिवकाे जिम्मेवारीमा हुनु हुनुहुन्थ्यो ।