नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजकाे खेल हुँदै

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ।त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे खेल सुरू हुनेछ।

पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमको एक/एक अंक छ।पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो।

वेस्ट इण्डिज ए ले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै पूरा गरेको थियो।दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।