१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क खाना

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवलका श्रमिकलाइ निःशुल्क खाना खुवाइएको छ । रुपन्देही व्यापार संघ कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले बुटवलका करिब ५ सय जना श्रमिकलाई बुटवल–५ पुरानो बसपार्कमा  निःशुल्क भोजन खुवाएको हो ।

श्रमिकहरुको सम्मान स्वरुप उनीहरुलाइ खाना खुवाइएको कस्मेटिक तथा गिफ्ट समितिका अध्यक्ष सरोज ज्ञवालीले बताउनुभयो । “हामीले उहाँहरुको सम्मानमा कार्यक्रम गरेका हौँ, कार्यक्रम सफल भयो, करिब ५ सय जनाले खाना खानुभयो”, उहाँले भन्नुभयो । ज्ञवालीले श्रमिकहरुको हकहितमा विभिन्न संघ संस्थाले आवाज उठाउदै आएपनी पूरा हुन नसकेको बताउनुभयो ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले आर्थिक मन्दिमा व्यवसायीलाई आफू बच्ने कि मजदुरलाई बचाउने भन्ने चुनौतीपूर्ण अवस्था रहेको बताउनुभयो । उहाँले राज्य प्रति गुनासो राख्दै व्यवसायीलाई विभिन्न कालखण्डमा प्रयोग गरिएको भन्दै दुख व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका वडा न ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले श्रमिकहरुको सम्मान स्वरुप कार्यक्रम गरेको प्रति खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा श्रम तथा रोजगार शाखाका शाखा अधिकृत केशवराज भट्टराई, बुटवल कृषि उपज थोक व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भुषाल, विनय कसौधन, समितिका उपाध्यक्ष जीवन काफ्ले, गोकुल ज्ञवाली लगायतले सरकारले मजदुरको हितमा काम नगरेसम्म मजदुर र श्रम दिवस दुबैको अर्थ नरहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *