राष्ट्रपतिसमक्ष उपनिर्वाचन परिणामको प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेश गरेको छ ।

बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसमक्ष यही वैशाख १५ गते भएको उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्नुभएको हो ।