जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोसँग भएको ८० लाख रुपियाँ लुटिएको हो ।
सहकारी कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैङ्कबाट रकम झिकेर दुवै जना मोटरसाइक चढेर रघुनाथपुरतर्फ गइरहेको अवस्थामा पछि गर्दै मोटरसाइकलमा आएका तीन जनाको हतियारधारीले बन्दुक देखाएर आफूसँग भएको सो रकम लुटेर फरार भएको बताउनुभयो । लुटेरा समूहले बन्दुक देखाएर कुटपिट गर्दै आफूसँग ब्याममा भएको रकम लुटेर लगेको जानकारी दिनुभयो ।