एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् ।
बुधबार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मंगलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन् । उनीहरुले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिएका छन् ।