अर्थतन्त्रमा सुधार देखिन थालेको छः राष्ट्रपति पौडेल

सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ ।  मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनुभयो । उहाँले मूल्यवृद्धिदर पनि घटेको बताउनुभयो । उहाँले कानुनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’’

उहाँले  बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताउनु भयो । उहाँले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *