नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी गणेशप्रसाद प्रसाईलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै साह अध्यक्षमा चुनिएको हो।
साह २८० मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रसाईले २६८ मत पाए। अध्यक्षका अर्का उम्मेदवार जयप्रकाश यादवले भने २० मत पाए। नेकपा एकीकृत समाजवादी गठन भएपछि एमालेका तत्कालीन जिल्ला अध्यक्ष रेवती पन्त समाजवादीमा गएपछि साह एमालेको जिल्ला अध्यक्ष मनोनीत भएका थिए।
अहिले नवौँ जिल्ला अधिवेशनबाट साह अध्यक्षमा निर्वाचित भए। त्यस्तै उपाध्यक्ष, सचिव र दुईजना उपसचिवमा पनि साह प्यानलकै नेता विजयी भए।