अध्यक्ष सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिँदै

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषामा दोस्रो पटक उपस्थित गराउन लागिएको हो ।

हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अहिले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । बयानपछि अदालतमा उपस्थित गराइने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *