एमाले अर्घाखाँचीमा दाेस्राे पटक : भुसाल निर्वाचित

नेकपा (एमाले) अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनबाट दाेस्राे पटक पीताम्बर भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ । दाेस्राे कार्यकालका लागि  सचिवमा तोजबहादुर रायमाझी निर्विरोध निर्वाचित हुनुभयो ।

उपाध्यक्षमा प्रेमनारायण गैरे र शम्भुप्रसाद पोखरेल, खुला उपसचिवमा श्रीकृष्ण भुसाल र खगेश्वर पन्थी, समावेशी उपसचिवमा गीता भाट र शिवकला विकबिच निर्वाचन भएको छ । उपाध्यक्षमा पोखरेल, उपसचिवमा क्रमशः पन्थी र विक विजयी भएको निर्वाचन अधिकृत गणेश भण्डारीले जानाकारी दिनुभयो । भूगोलको सन्धिखर्क नगरपालिका बाहेक अन्य स्थानमा सर्वसम्मत जिल्ला सदस्यहरू निर्विरोध चयन हुनुभएको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तीन वटै सिटमा एमाले उम्मेदवार निर्वाचित भएका थिए । स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीय तहमा भूमिकास्थान नगरपालिकाबाहेक पाँचवटा पालिकाको पहिलो र दोस्रो पदमा एमाले उम्मेदवार विजयी भएका थिए । चुनावमा सफलता र संगठन निर्माणमा राम्रो काम गरेको भन्दै काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अध्यक्ष भुसाल सम्मानित हुनुभएको थियो । जिल्लाको ६१ वडाबाट ५ सय ६६ जना प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनले ८७ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

नवनिर्वाचित अध्यक्ष भुसालले एमालेलाई थप एकताबद्व बनाउने प्रतिवद्वता जाहेर गर्नुभयो । सोमवार भएको शपथ ग्रहण समारोहमा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रद्मा अर्यालले एमालेलाई बलियो बनाउन एमाले अर्घाखाँचीलाई आग्रह गर्नुभयो । जनताको समस्या एमालेको प्रमुख मुद्दा हुनुपर्ने बताउँदै पछाडि पारिएका बर्गको साथमा एमाले रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *