जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट कागजपत्र बिनाको चोरी गरेर ल्याएको बोलेरो गाडी चालकसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका –१८ बाट भे १ च १६१५ नम्बरको कागजपत्र नभएको चोरी गरेर ल्याएको बोलेरो गाडीसहित गाडी चालकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ ।
चोरीको गाडी भएको सूचनाका आधारमा नेपालगन्ज –१८ मा रहेको सो गाडीलाई चेकजाँच गर्दा सवारीधनी कागजपत्र फेला नपरेको र उक्त गाडी चोरीको भन्ने खुल्न आएको डिएसपी डाँगीले बताउनुभयो ।
उहाँले बरामद गाडीसहित गाडीचालक रुकुम आठबिसकोटका ललित मल्ललाई नियन्त्रणमा लिई थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बताउनुभयो ।