राताे किताब पाएपछि आज संसद बैठक बस्ने

सरकारले रातो किताब समयमै उपलब्ध गराउन नसक्दा सांसदहरूले मन्त्रालयगत बजेट अध्ययन गर्न नपाएको भन्दै २ दिनका लागि स्थगित संसद् बैठक आज बस्दै छ।

बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु हुने छ। त्यसअन्तरगत आज चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *