टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार राति करिब ९:४५ बजेको समयमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परि टिपर चालक सन्धिखर्क नगरपालिका ८ खाँचीका २६ वर्षीय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका  ७ का ३३ वर्षीय रिसभ केसी र सितगंगा नगरपालिका  २ का २९ वर्षीय नविन घिमिरे घाइते हुनुभएको छ । घाइते दुवै जनालाई राती नै गुल्मी अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको थियो ।

घाइतेमध्ये केसी बोल्न नसक्ने र घिमिरे बोल्न सक्ने अवस्थामा छन् । दुर्घटना भएको टिपर सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *