सहमतिबाटै नेतृत्व चयन हुने : अध्यक्ष माधव

फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ । बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गर्नुभएको थियो । वार्तापछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘छलफल चलिरहेको छ ।