आज १०२ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबारका दिन यो दिवस मनाइने गरेकोमा नेपालमा पनि महासंघको अगुवाइमा मनाइन्छ।
‘सहकारीहरुले सबैका लागि राम्रो भविष्य निर्माण गरिरहेका छन्’ नारासहित अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो।
हाल नेपालमा ३२ हजार सहकारी संस्था रहेका छन्, जसमध्ये अधिकांश संस्था राम्रो अवस्थामा रहे पनि केही संस्थामा भएको अनियमितता र अपचलनका कारण सहकारी क्षेत्र नै त्रस्त बनेको छ । हालसम्म सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राखेको छ