अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् । दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले बताए ।