गुल्मीमा पहिरोले पुरिएकी एक महिलाको जीवितै उद्दार

गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् । उद्दारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ ।