राप्तीको बाढी कुसुममा ७ मिटर पार गर्याे

तस्बिर :पत्रकार हेमन्त चाैधरीकाे फेसबुकवालबाट

बाँकेमा राप्ती नदिको बाढी खतराको चिन्हभन्दा माथी पुगेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको हो । कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर (खतराको चिन्ह) पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रमा डुबान हुने जोखिम हुन्छ । पत्रकार हेमन्त चाैधरी आफ्नो फेसबुकवालमा समेत पानीको सतह ७ मिटर पार गरेको जानकारी दिनु भएको छ ।

ईलाका प्रहरी कार्यालय कुसुमका ईन्चार्ज दोर्ण खड्काले दिएको जानकारी अनुसार आइतबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार नदीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको हो । ‘बाढी अझै बढ्दो क्रममा छ, अहिले पनि हामी नदी किनारमै छौ,’ उनले भने । राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो  । ‘राप्तीमा पानीको सतह क्रमिक रुपले बढिरहेको छ, उद्धारमा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेका छौं,’ उहाँको भनाइ छ ।

सिक्टा सिचाई आयोजनाको अगैयास्थित ब्यारेजका ढोका आवश्यकता अनुसार खोल्न लगाएको बताए । लक्ष्मणपुर बाँधका ढोका भने भारतले खोले÷नखोलेको बारे अहिलेसम्म कुनै जानकारीमा नआएको प्रजिअ रिजालले सुनाए । राप्तीको बाढी बढेपछि सिक्टा सिचाई आयोजनाको ब्यारेजका ढोका पनि क्रमशः खोेलिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए । सिक्टाका कुल १८ वटा ढोका मध्ये दिउँसो १ः३० बजेसम्म १३ वटा ढोका खोलिएको उनले जानकारी दिनु भयो ।

बाढी आएपछि राप्ती नदीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् । कुसुमबाट राप्तीको तल्लो तटिय क्षेत्रसम्म बाढी आईपुग्न करिव ५ देखी ६ घण्टा जति समय लाग्ने बताइन्छ । राप्तीको तल्लो तटिय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, नरैनापुरको गंगापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया गाउँहरु डुबानमा पर्छन् । भारतले अन्र्तराष्ट्रिय कानुन विपरित सिमाक्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँध जस्तो सडकका कारण वर्षेनी नेपाली भूमी डुबानमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *