सप्तकोसी नदीमा पानीको बहाव उच्च

सप्तकोसी नदीमा आज पानीको बहाव उच्च मापन गरिएको छ । आज दिउँसो ३ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७२ हजार ४८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।

अहिले ब्यारेजको ३४ वटा ढोका खोलिएको छ । शनिबार बिहान ४ बजेको मापन अनुसार १ लाख २४ हजार ४६५  क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो ।

यादवका अनुसार आज कोसीमा पानीको उच्च बहाव मापन गरिएको छ । पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको छ । कोसीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन ।