कथाकार शाहको ‘तातेताते’ र प्याकुरेलकाे ‘शङका’ कृतिमाथि परिचर्चा

बाँकेको खजुरामा कृतिकारद्वय कथाकार चरित्रा शाहको तातेताते र बोधराज प्याकुरेलद्वारा प्रकाशित कृति शङकामाथि कृति परिचर्चा गरिएको छ । कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा “कल्पना फाउण्डेसनको पहिचान, साहित्य र समाज सेवा हाम्रो पहिचान” मूल नाराका साथ आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिकले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा बोधराज प्याकुरेलद्वारा प्रकाशित लघुकथा शङकामाथि छबिलाल खडकाले समिक्षा गर्नुभएको थियो भने कथाकार चरित्रा शाहको तातेतातेमाथि पुस्कर रिजालले समिक्ष गर्नुभएको थियो ।

बोधराज प्याकुरेलद्वारा प्रकाशित कृति लघुकथा शङका, कथाकार चरित्रा शाहको तातेतातेमाथि नविन अभिलाषीले परिचर्चा गर्नुभएको थियो । कार्यक्रममा खजुरा गाउँपालिका अधयक्ष बिकलाई विभागका प्रमुख प्याकुरेल, अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा गाउँपालिकाकी निर्वतमान उप–प्रमुख एक माया बिकले मायाको चिनो प्रदान गुर्नभएको थियो ।

समिक्षकद्वय छबिलाल खडका, पुस्कर रिजाल र परिचर्चाकार अभिलषीलाई प्रमुख अतिथि बिक, विभागका प्रमुख प्याकुरेल, अध्यक्ष पौडेल, खजुराकी निर्वतमान उप–प्रमुख बिकले मायाको चिनो प्रदान गुर्नभएको थियो ।कार्यक्रममा साहित्यकारहरु सनत रेग्मी, प्रा डा कृष्णप्रसाद घिमिरे, प्रा डा घनश्याम परिश्रमी, ईश्वर चन्द्र ज्ञवाली, ऋषिराम रापकाेटा, हरि तिमिल्सिना र खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी उपस्थित रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *