देउवा र ओलीबीच बूढानीलकण्ठमा भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता भएको छ। बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न दुवै नेताबीच भेटवार्ता भएको हो।

बैठकमा एमाले नेताहरू उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र  नेपाली कांग्रेसका रमेश लेखकलगायत सहभागी रहेका थिए। बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

थाहाखबर