बारामा बस दुर्घटना हुँदा १३ जना घाइते

बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले मलङ्गवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुन नजिकै बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो । सो गाडीमा १३ जना सवार थिए । दुर्घटनामा १३ जना घाइते भएका छन् भने दुई अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।